बाजुरा — नेकपा (एमाले) निकटको दलितको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुर पश्चिम प्रदेश कमिटिले तिजको दिन भएको जातीय बिबेधको ध्यानकर्षण गरेको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुर पश्चीम प्रदेश कमिटिले एक बिज्ञप्ती जारी गर्दै बिरोध जनाएको छ ।
२०७९ भदौ १६ गते कन्चन्पुर जिल्लाको भिमदत्त नगरपालिका वडा न ५ बन गाउँकी संजु नेपालीमाथी भएको बिभेदको बिरोध जनाएको छ । महाकाली नदिको भेजुलाघाटमा तिजको दिन दिदिबहिनीहरु पुजा गर्न गएको बेला स्थानिय पण्डित सहदेव भट्टले सोधपुछ गरी दलित दिदिबहिनीहरुमाथी गरेको बिरोध जनाएको छ ।
दलित सुमदायका महिला थाहा पाएपछि पण्डित भट्टले पुजा गर्न अस्विकार गरी दलित महिला माथि मान मर्दन हुने गरी गरिएको घटनाको यथासिर्घ छानबिन गरी दोषीमाथी कार्बाही गर्नपर्ने नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदुर पश्चिम प्रदेश कमिटिका सचिव जंग विकको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।