शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • आर्थिक अभाबमा खुट्टा जलेको ५ महिना सम्म पनि उपचार गर्न सकेनन

आर्थिक अभाबमा खुट्टा जलेको ५ महिना सम्म पनि उपचार गर्न सकेनन

  • सोमवार, भदौ २७, २०७९
आर्थिक अभाबमा खुट्टा जलेको ५ महिना सम्म पनि उपचार गर्न सकेनन

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका ३ बस्ने ५५ बर्षिय पाहुना सेराला जलेको खुट्टाको उपचार गर्न नसकेर अलपत्र परेका छन् । ५ महिना पहिला भारतमा चौकिदारी गर्ने बेला आगोमा उनको बायाँ खुट्टा जलेको थियो ।
पैसा अभाबले सामान्य औषधि गरेर उनि नेपाल फिर्ता भएका थिए । उनको संक्रमण नघटेपछि आफन्तले अछामको बयलगडा अस्पतालमा उपचारका लागि लगेका थिए । उनको खुट्टाको अबस्था हेर्दा काठमाडौ उपचार गर्नुपर्ने रहेको बयलपाटा अस्पतालमा कार्यरत कर्मचारी दिपक बिष्टले वताएका छन् ।
बयलपाटा अस्पतालका अनुसार खुट्टामा धेरै संक्रमण फैलिसकेको जलेको समय पनि बढी भएकाले खुट्टानै काट्नुपर्ने अबस्था रहेको जनाएको छ । अस्पतालले काठमाडौ रिफर गरेको छ, तर पैसा नहुदा आफन्तले घरमा ल्याएको छोरा पुष्प सेरालाले वताएका छन् । काठमाडौ लिन रिन काढेर भाडा बनाउन सक्थ्यौ, तर त्यहाँ उपचार गर्ने पैसा नहुदा घरमा ल्याएको पुष्पले वताए ।
भारतको दिल्लीमा चौकिदारी गरेर परिवार पाल्दै आएका पाहुना सेराला आफै थला परेपछि परिवार नै बिच्चलीमा रहेको छ । उपचार सहयोगका लागि बिभिन्न ठाउँमा हारगुहार गरेको भएपनि कतै बाट सहयोग नभएको आफन्तले वताएका छन् । जलेको खुट्टा नियमित उपचार नहुदा खुट्टानै काट्नु पर्ने अबस्थामा पुगेको स्वास्थ्यकर्मीले वताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार काठमाडौमा खुट्टाको उपचारका लागि तिन चार महिना समय सँगै लाखाै पैसा लाग्ने वताएका छन् । खुट्टा काट्नु पर्ने अबस्था पनि आउन सक्छ, नभए संक्रमण भएको छाला निकालेर नयाँ छाला राख्नुपर्ने अबस्था पनि आउन सक्छ, काठमाडौमा चकेजाँच गरे मात्र थाहा हुने स्वास्थ्यकर्मीले वताए । पैसा नहुदा केही समय सम्म घरमै थन्किएका थिए, बयलपाटा सम्म केही हुन्छकी भनेर रिन काढेर बलयपाटा पुयाएका थियौ, त्यहाँ पनि ठिक नहुने भनेपछि समस्यामा परेको आफन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार