• होमपेज
  • समाज
  • बझाङको नारुगौडामा काम गराउने पेटी ठेकेदार मगरले : कामदारलाइ रकम नभएको चेक दिएर फरार

बझाङको नारुगौडामा काम गराउने पेटी ठेकेदार मगरले : कामदारलाइ रकम नभएको चेक दिएर फरार

  • आइतवार, भदौ २६, २०७९
बझाङको नारुगौडामा काम गराउने पेटी ठेकेदार मगरले : कामदारलाइ रकम नभएको चेक दिएर फरार

अर्थ जङ्ग शाही/ बझाङ — बझाङको नारुगौडामा काम गराउने पेटी ठेकेदार दान बहादुर बुढा मगर मजदुरको पारिश्रमिक रकम नदिई फरार भएका छन्।

जयपृथ्बी राजमार्ग अन्तर्गतको नारुगौडा सडक क्षेत्रमा काम गर्ने कामदारहरुले पैसा नपाएको गुनासो गरेका छन् । ग्वाल्लेख निर्माण सेवाले उक्त सडक खण्डमा ठेक्का सम्झौता गरेर काम गरीरहेको छ । तर उक्त सडक खण्डमा काम गर्ने केदारस्यु गाउपालिकाका १२ जना स्थानीय कामदारहरुले अझै सम्म काम गरेको पैसा नपाएको बताएका छन् ।

सडक निर्माणको काम गर्ने १२ जना कामदारहरुले ज्याला नपाउदा आफुहरु समस्यामा परेको भन्दै न्याय माग्न सदरमुकाम चैनपुर पुगेका छन् । उनीहरुले आज जिल्ला प्रसासन कार्यालय ,प्रहरी ,पत्रकार मानबअधिकार कर्मीलाइ भेटेर न्यायको लागी पहल गरीदिन आग्रह गरेका छन् ।

सडकमा काम गर्ने कामदारहरुको फागुन देखी असाढ सम्मको काम गरे बाफतको ९ लाख रकम दिन बाकि रहेको पिडित जित बहादुर भण्डारीले बताउनुभयो । उनीहरुले नारुगौडा पुलको कामका साथै त्यस क्षेत्रको नालि पर्खाल बनाउने काम गदै आएका थिए ।

ग्वाल्लेख निर्माण सेवाका पेटी ठेकेदार दान बहादुर बुढा मगर मार्फत कामदारलाइ काम लगाएको बुझिएको छ । चैन्पुरमा पुगेका कामदारहरुका अनुसार ठेकेदारले ९ लाखको चेक दिएको तर बैक पुग्दा खातामा पैसा छैन भन्दै फर्काइएको बताएका छन् । कामदारहरुले ठेकेदार मगरलाइ पटक पटक फोन गर्दा स्बिच अफ गरेको बताएका छन् ।

यस बिषयमा थप यथार्थ कुरा बुझ्नका लागि हामी पेटी ठेकेदार दान बहादुर बुढा मगर सँग फोन सम्पर्क गर्न खोज्दा फोन स्विच अफ आइरहेको छ । यस्तै यता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने कामदारहरुको गुनासो आफु सम्म पुगेकोे र आफुले निबेदन दिन भनेको बताउनुभयो । यसबारे आफुले कुरा बुझने बताउनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार