• होमपेज
  • समाचार
  • दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ११ बेपत्ता

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ११ बेपत्ता

  • शनिबार, भदौ २५, २०७९
दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ११ बेपत्ता

शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।स्थानीय पत्रकार श्याम धामीका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ। मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए।  शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ। यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन्।  पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।  नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार