• होमपेज
  • समाचार
  • बेलायती महारानीको निधनमा नेपालमा भदौ २५ देखि २७ सम्म शोक मनाउने

बेलायती महारानीको निधनमा नेपालमा भदौ २५ देखि २७ सम्म शोक मनाउने

  • शुक्रबार, भदौ २४, २०७९
बेलायती महारानीको निधनमा नेपालमा भदौ २५ देखि २७ सम्म शोक मनाउने

सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार