शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिक्षा
  • सुदूरपश्चिमका दुई जिल्ला कञ्चनपुर र डोटी साक्षर घोषणा हुन बाँकी

सुदूरपश्चिमका दुई जिल्ला कञ्चनपुर र डोटी साक्षर घोषणा हुन बाँकी

  • बिहिबार, भदौ २३, २०७९
सुदूरपश्चिमका दुई जिल्ला कञ्चनपुर र डोटी साक्षर घोषणा हुन बाँकी

सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेको थियो। तर, सुदूरपश्चिमका दुई जिल्ला हालसम्म पनि साक्षर घोषणा हुन सकेका छैनन्।

आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएपछि प्रदेशका सात जिल्ला भने पूर्ण साक्षर घोषणा भइसकेका छन्। तर, प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

साक्षर घोषणा हुन बाँकी जिल्ला र पालिकामा सरोकारवालासँग अभिमुखीकरण, साक्षरताका १२ सूचकहरूलाई समावेश गरी सिकाई सामग्री उत्पादन गरेर वितरण, विद्यार्थी परिचालन गरी घर, परिवार र समुदायलाई साक्षर बनाउने गरी कार्यक्रम अघि बढाइएको केन्द्रले जनाएको छ।

सम्बन्धित जिल्ला र पालिकामा १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत नागरिक साक्षर भएको पाइएमा साक्षर जिल्ला र साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ।

चर्चामा

सम्बन्धित समाचार