शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेशले पठाएका उम्मेदवारबारे छानविन गर्दै एमाले

प्रदेशले पठाएका उम्मेदवारबारे छानविन गर्दै एमाले

  • बिहिबार, भदौ २३, २०७९
प्रदेशले पठाएका उम्मेदवारबारे छानविन गर्दै एमाले

नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश हुँदै पार्टी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोहीअनुसार आएका नामबारे आन्तरिक छानबिन भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

‘बिहीबार बिहानसम्म तीन प्रदेश (गण्डकी, सम्पर्क समन्वय समिति र उपत्यका समन्वय समिति) को सिफारिस आइसकेको छ । अरु आउने क्रममा छ’, सचिव अधिकारीले भने, बिहीबार बेलुकासम्म सबै प्रदेशको आइसक्छ भन्ने अपेक्षा छ ।’

एमालेले भदौ २२ भित्र प्रदेशहरूलाई उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सचिव अधिकारीले आएका सिफारिसबारे छानविन पनि भइरहेको बताए । एमाले नेताहरुका अनुसार प्रदेशबाट आएका नाममा प्रदेश कमिटीका इन्चार्जसहित सरोकारवालासँग छलफल पनि भइरहेको छ । तर सबै प्रदेशबाट नाम आइसकेपछि सचिवालय बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भनेर अन्तिम निर्णय गर्ने एमालेले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार