• होमपेज
  • समाचार
  • सप्तकोसीको भंगालोमा डुबेर बालिकाको मृत्यु

सप्तकोसीको भंगालोमा डुबेर बालिकाको मृत्यु

  • बुधबार, भदौ २२, २०७९
सप्तकोसीको भंगालोमा डुबेर बालिकाको मृत्यु

धरान  — सुनसरीको कोसी गाउँपालिकास्थित भ्याण्टाबारीमा सप्तकोसीको भंगालोमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

खातुनको शव पानीमुनी बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख विक्रम हुमागाइले जानकारी दिए।

उनका अनुसा शव परिवारलाई जिम्मा लगाइएको छ।

मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका-८ बस्ने मुर्सिद मियाको छोरी ११ वर्षीया नजराना खातुनको शव सशस्त्र प्रहरीले बुधबार फेला पारेको हो।

खातुनको खोततलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलिबाट गएको विपद व्यवस्थापन टोलीले शव फेला पारेको थियो ।

चर्चामा

सम्बन्धित समाचार