काठमाडौं — केन्या विरुद्ध टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) बिहान स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्ले पुनरागमनमा राम्रो प्रदर्शन गरे भने नयाँ खेलाडी अर्जुन साउदले राष्ट्रिय टिममा डेब्यु गर्दै आफ्नो छाप छाडे ।
सिनियर टिमको कप्तानी गर्नुले जिम्मेवारी बढेको उनले बताए । ‘मेरो लागि रेस्पोन्सबिलिटी बढेको छ । यसलाई अवसरको रुपमा लिएको छु,’ रोहितले अनुभवी खेलाडी ज्ञानेन्द्र र डेब्युटान्ट अर्जनुले राम्रो खेलेको बताए ।