• होमपेज
  • समाचार
  • मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

  • बुधबार, भदौ २२, २०७९
मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो ।

नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दै आइरहेका थिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार