बाजुरा — नेकपा एमाले बाजुराले आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि बाजुरा प्रदेश क र ख बाट ९ जना सिफारीस गरी पठाएको छ ।
प्रदेश (क) बाट मन बहादु बिष्ठ, बल्देव रेग्मी, रंगमान शाही, सहलेव बोगटी र मेघराज शाही रहेका छन । प्रदेश (ख) को उम्मेदवारहरुमा लाल बहादुर थापा, लाल बहादुर ओली,भरत बुढा र मिन बहादुर बिष्ठको नाम सिफारीस गरी पठाएको नेकपा एमाले बाजुराका पार्टी सचिव भरत थापाले बताएका छन । सर्वसम्मत उम्मेदवार छनोट गर्ने गरी गृहकार्य गरेको नेकपा एमाले बाजुराले सर्बसम्बत गर्न नसक्दा आकाङ्क्षा राख्ने उम्मेदवारहरुको नाम सिफारिस सिफारीस गरी पठाएको एमाले सचिव थापाले बताएका छन ।
शीर्ष तहका नेताहरुले नै सर्वसम्मतीका लागि प्रयास गरेको भए पनि जिल्लामा टुङ्याउन नसकेका कारण सबैको नाम सिफारीस सहित पठाएको नेकपा एमाले बाजुराले जनाएको छ ।