बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दूतावास बाहिर आत्मघाती बम विस्फोट, तीन जनाको मृत्यु

दूतावास बाहिर आत्मघाती बम विस्फोट, तीन जनाको मृत्यु

  • मङ्लबार, भदौ २१, २०७९
दूतावास बाहिर आत्मघाती बम विस्फोट, तीन जनाको मृत्यु

अफगानिस्तान — अफगानिस्तानको राजधानी काबुलको रुसी दूतावासबाहिर आत्मघाती बम विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ। १० जना घाइते भएका छन्।

आत्मघाती बम विस्फोट हुँदा दुई जना दूतावासका कर्मचारी र अर्का एक जना नागरिकको ज्यान गएको रुसी सरकारी समाचार संस्थाले जनाएको छ।

आक्रमणकारी आफैँले विस्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्नेबारे खुलेको छैन। रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि दूतावासबाहिर पर्खिरहेका बेला मानिसहरूसामु निस्केपछि विस्फोट भएको थियो।

तालिबानले सत्ता कब्जा गरेको एक वर्षयता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। -एजेन्सी

चर्चामा

सम्बन्धित समाचार