• होमपेज
  • समाचार
  • गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • मङ्लबार, भदौ २१, २०७९
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी — गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका-४ जैसिथोक निवासी ४२ वर्षीय मानबहादुर रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।

मंगलबार बिहान राना आफ्नै घरको छडमा पास भएको करेन्ट लागेर २ तला माथिबाट खसेर घाइते भएका थिए ।

घाइते भएका रानाको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार