शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका वडा नम्बर ६ मा सुधारीएको चुलो माग

बडिमालिका नगरपालिका वडा नम्बर ६ मा सुधारीएको चुलो माग

  • सोमवार, भदौ २०, २०७९
बडिमालिका नगरपालिका वडा नम्बर ६ मा सुधारीएको चुलो माग

बाजुरा — बडिमालिका नगरपालिका वडा न ६ मा रहेको २ सय ७० जनालाई सुधारीएको चुलोको लागि माग गरिएको छ । वडा अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा बसेको बैठकले सुधारीएको चुलोका लागि आईएनएफ बाजुरा संगको सहकार्यमा चुलो माग गरेको हो ।
आईतबार वडा समितिको बैठकले गाउँमा परमपरागत चुलोका कारण महिलाहरुलाई बिभिन्न रोग लाग्ने भएकोले सुधारीएको चुलो प्रयोग गर्ने उदेस्यका साथ सो निणर्य गरेको वडा अध्यक्ष कृष्ण खड्काले बताए ।
वडा कार्यालयको नियमित बैठकले ६ नम्बर वडा कार्यालयमा दैनिक सेवा ग्राहीको माग र अत्याधि चाप परेकाले एक जना कृर्षि जेटिए , कार्यालयको लागि एक जना वडा स्विपर र एक जना शहरी स्वास्थ्य चौकी गरि तिन जना कर्मचारी बडिमालिका नगरपालिकासंग कर्मचारी माग गर्ने निणर्य गरिएको वडा अध्यक्ष खड्काले बताए ।
त्यसै गरी वडा नम्बर ६ मा रहेको मष्टेश्वरी र नेपाल राष्ट्रिय निम्न माध्यामिक बिद्यालय ईसिडी लाई अनुमति दिई कोटा माग, भाद्र २९ गते पर्ने वडा स्तरिय बाददिवस सव्वे र भवय रुपमा संघ संस्थाको सहयोगमा मनाउने निणर्य, आई एन एफ नेपाल बाजुरा शाखा को आर्थिक सहयोग र बडिमालिका नगरपालिकाको प्राविधिक सहयोगमा यस ६ नम्बर वडा कार्यालयमा रहेको सुुनौलो कृर्षि समुहमा पानी भकारी निमाणर् गर्ने निणर्य समेत गरेको वडा कार्यालयले जनाएको छ ।
नेपाल सरकार राष्ट्रिय भुमि आयोग प्रथम पटक सुचना प्रकाशन मिति यहि भाद्र १ गते को अनुसार राष्ट्रिय भुमि आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन अवयवस्थीत बसोबासको व्यवस्थापन गर्ने प्रचलित कानुन बमोजिम भुमिहिन दलित सुकुमबासीको व्यवस्था गर्न र समस्या व्यवस्थापन गर्न समिति गठन गर्ने र उक्त समितिमा अध्यक्ष कृष्ण खड्का ,सदस्य परे बडुवाल, प्रेम बडुवाल ,महिला सदस्य निर्मला बडुवाल र मिना लवार रहने गरी समिति गठन गर्ने निणर्य समेत गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार