• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराबाट सघं र प्रदेशमा प्रत्यक्षमा महिलाकाे उम्मेदवारी नै परेन

नेपाली काँग्रेस बाजुराबाट सघं र प्रदेशमा प्रत्यक्षमा महिलाकाे उम्मेदवारी नै परेन

  • आइतवार, भदौ १९, २०७९
नेपाली काँग्रेस बाजुराबाट सघं र प्रदेशमा प्रत्यक्षमा महिलाकाे उम्मेदवारी नै परेन

 बाजुरा — नेपाली काँग्रेस बाजुराबाट आसन्न मसिंर ४ गते हुने प्रतिनिधी सभा र प्रदेशको निर्बाचानका लागि प्रत्यक्षमा महिलाको उम्मेदवारी परेको छैन । १७ गते देखी बसेको नेपाली काग्रेँस बाजुराको बैठक १८ गते साझँ सम्पन्न भएको छ । काँग्रेस बाजुराले संघ र प्रदेशका उम्मेदवारहरुको छनौट गर्दा सबै पुरुषहरुको नाम सिफारीस गरेकाे छ ।
काँग्रेसको बिधान अनुसार १ जना महिला र १ जना पुरुष अनिबार्य सिफारीस गर्ने भनिएको भए पनि बाजुराबाट कुनै पनि महिलाको उम्मेदवारी नपरेको नेपाली काग्रेस बाजुराका उप सभापती पदम बडुवालले बताएका छन ।
महिलालाई लिन नचाहेको पनि होइन सबै महिलाहरुको समानुपातिकमा इच्छा भएकाले कोही कसैको पनि उम्मेदवारी नरहेको उप सभापती बडुवालले बताएका छन । काँग्रेसको बिधान अनुसार प्रदेशमा एक जना महिला र एकजना पुरुष गरि दुइ जनाको नाम सिफारिस गनुपर्ने भएपनि सबैजना पुरुष मात्र सिफारिस भएका छन । प्रत्यक्षमा कुनै महिलाको दाबि नभएपछि पुरुष मात्र सिफारिस गरेको बडुवालले बडिमालिका खवरलाई बताएका छन ।
नेपाली काँग्रेस बाजुराको दुइ दिन सम्म चलेको बैठकले प्रदेश क बाट दुई जना र ख बाट ५ जनाको नाम सिफारिस गरेको छ । प्रदेश क बाट जनकराज गिरी र नारायण पाध्यायको नाम सिफारिस भएको छ । प्रदेश ख बाट चक्र शाह, दिपक शाह, पदम बहादुर शाही, रामसिं रावल र सुरेन्द्र नाथ योगीको नाम सिफारिस गरेको काँग्रेस बाजुरा सचिब भरत बहादुर रोकायाले वताएका छन् ।
त्यसै गरी सहमति नभएपछि प्रतिनिधि सभाको लागिे ७ जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसको बिधानमा २ जना पुरुष एक जना महिलाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गनुपर्ने प्राबधान रहेको छ । तर सहमति नभएपछि ७ जनाको नाम सिफारिस गरेको पाटि सचिब भरत बहादुर रोकायाले वताएका छन् ।
नेपाली काँग्रेसका सहमहामन्त्रि बन्द्रि पाण्डे, नेपाल सरकारका महान्यायाधिवक्ता खम्म बहादुर खाति, मान बहादुर रावल, कबिराज पण्डित, जनकराज गिरी, शेर बहादुर खाति र डा.अंगराज तिमिल्सेनाको नाम जिल्ला कमिटिले सिफारिस गरेको हो । बिद्यान अनुसार ३ जना पठाउने हो, तर ७ जनाले दाबि गरेपछि सबैको नाम निणर्य गरेर पठाएको सचिब रोकायाले वताएका छन् ।
जनकराज गिरिको नाम प्रदेश क बाट प्रदेश सभाका लागि पनि सिफारीस भएको छ । दुइ दिन सम्म बसेको बैठकले सहमति नभएपछि अन्तमा सबै जनाको नाम सिफारिस गरेको जनाएको छ । सिफारिस भएका कबिराज पण्डित, खम्म बहादुर खाति, शेर बहादुर खाति र डा.अंगराज तिमिल्सेना देउवा पक्षका हुन् । बद्रि पाण्डे र मान बहादुर रावल कोइराला पक्षधर हुन् । जनक राज गिरी भने काँग्रेस जिल्लाको अधिबेशनमा कोइराला पक्षमा उभिएका थिए, केन्द्रिय अधिबेशनमा भने देउवा पक्ष बाट केन्द्रिय सदस्य लडेका थिए ।

चर्चामा

सम्बन्धित समाचार