• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा निसुल्क स्वास्थ शिविर संचालन

बडिमालिका नगरपालिकामा निसुल्क स्वास्थ शिविर संचालन

  • शनिबार, भदौ १८, २०७९
बडिमालिका नगरपालिकामा निसुल्क स्वास्थ शिविर संचालन

जंग रावल/ बाजुरा — जिल्लाकाे बडिमालिका नगरपालिका वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य सिबिर संचालन गरिएकाे छ । बडिमालिका नगरपालिका वडा नम्बर ६ काे आयाेजनामा र बडिमालिका नगरपालिकाकाे समन्वयमा काेर्ध स्वास्थ्य केन्द्रमा साे शिबिर संचालन गरिएकाे हाे ।   शनिबार जिल्ला अस्पताल बाजुराका डाक्टरकाे टिमलाई र बुढिगंगा स्वास्थ्य चौकिका चिकित्सक लाई बाेलाएर स्थानीयलाई निशुल्क उपचार गर्न शिविर संचालन गरेकाे  बडिमालिका नगरपालिका वडा न छ का वडाअध्यक्ष कृष्ण खड्काले बताएका छन ।

बडिमालिका नगरपालिका वडा नम्वर ६ काेर्धमा संचालन गरिएको उक्त निशुल्क शिविरमा जिल्ला अस्पताल बाजुरा डाक्टर शाश्वतसिंह कुँवर ,ल्याव टेक्निसियन प्रकाशराज रेग्मी र  बुढिगंगा स्वास्थ्य चौकिका चिकित्सक र काेर्ध स्वास्थ्य सहरी स्वास्ठ्य  केन्द्रका  स्वास्थ्यकर्मीहरुले भाईरल ज्वराे,टाउकाे दुख्ने पखाला चल्ने ,सामान्य हात खुट्टा जाेर्नि दुख्ने लगायत महिला, पुरुष तथा बालबालिकाहरुलाई उपचार गरेर निशुल्क रुपमा औषधी वितरण गर्ने गरेकाे बडिमालिका ६ का वडा अध्यक्ष खड्काले बताएका छन ।

वडामा करिव सय जनालाई स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेको र अझै स्थानीय सबैलाई स्वास्थ्य परिक्षण नसकिए सम्म सिविर संचालन गरिने खड्काले बताएका छन । ६ नम्बर वडाका वडाकाे पहलमा र बडिमालिका नगरपालिकाकाे समन्वयमा निशुल्क शिविरको माध्यमबाट भाईरल ज्वराे प्रभावितहरुलाई उपचार संचालन गरिकाे छ ।

भाईरल ज्वराे फैलिए संगै बिरामिहरुलाई काेर्ध स्वास्थ्य शहरी स्वास्थय केन्द्रमा उपचार सम्भव नभएकाले निसुल्क सिविर संचालन गर्न वडालाई जानकारि गराए पछि निशुल्क स्वास्थ्य सिविरकाे व्यवस्था गरिएकाे काेर्ध स्वास्थ्य शहरी स्वास्थय केन्द्रले जनाएकाे छ।

भाईरल ज्वराे गाउँघरमा भयावह फैलिएकाले धेरै जसाे बिरामिहरु महिला ,पुरुष र बालबालिका सबैलाई संक्रमण हुने पाईएकाे डाक्टर शाश्वतसिंह कुँवरले बताए ।याे भाईरल ज्वराे धेरै जसाे बालबालिकाहरुलाई संक्रमण हुने र अन्य व्यक्ति भन्दा बालबालिकालाई जटिल हुने गरेकाे डाक्टर कुवँरले बताए ।

चर्चामा

सम्बन्धित समाचार