शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ नतिजा : ३.६१ देखि ४ जीपीए ल्याउने ४१ सय ७९, ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ गते

कक्षा १२ नतिजा : ३.६१ देखि ४ जीपीए ल्याउने ४१ सय ७९, ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ गते

  • शुक्रबार, भदौ १७, २०७९
कक्षा १२ नतिजा : ३.६१ देखि ४ जीपीए ल्याउने ४१ सय ७९, ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा उच्च जीपीए ल्याउने ४ हजार १७९ रहेका छन्। बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने परीक्षार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ। बोर्डले नियमित ग्रेड वृद्धि र आन्तरिक परीक्षाको नतिजा सार्वजनीक गरेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिक ३ हजार १३२ परीक्षार्थी सहभागी रहेको बताए।
४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ। ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिइने छ। ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने छ। एक लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धि परीक्षाको अवसर पाउने छन्।

चर्चामा

सम्बन्धित समाचार