शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

धनगढीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

  • बिहिबार, भदौ १६, २०७९
धनगढीको मोहना नदीमा डुबेर दुई जना बेपत्ता

धनगढी — धनगढीका २ जना मोहना नदीमा डुबेर बेपत्ता भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित मोहना नदीमा एक जना डुबेर बेपत्ता भएका हुन्।

धनगढी उपमहानगरपालिका ३ का स्थानीय मोहन रानाका १० वर्षिय छोरा प्रिन्स राना मोहना नदीमा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ। चौधरीको खोजी कार्य भइरहेको बताइएको छ। यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा पनि मोहना नदीमा एक जना बेपता भएका छन्।

धनगढी उपमहानगरपालिका १९ खेदा गाउँ बस्ने २७ वर्षीय माने भनिने रिस मान चौधरी बेपत भएका हुन्। नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानिमा डुबि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। दुबैको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार