अर्थ जङ्ग शाही/बझाङ — नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले ब्लोड क्यान्सरले काठमाण्डौको सिभिल अस्पताल मिन भवनमा छटपटाइरहेका जयपृथ्वी नगरपालिका – १ कैलासका ३५ बर्षिया चक्र बहादुर शाहीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
मंगलबार दिउसो सिभिल अस्पताल पुगेर नेता महरले शाहीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको शाहीका आफ्न्तले बताएका छन् ।
झण्डै एक महिनादेखि काठमाण्डौको सिभिल अस्पताल मिन भवनमा उपचाररत शाहीलाई आर्थिकको समस्या भएको भन्ने खबर पाएपछी नेता महर अवस्था बुझ्न आज अस्पताल पुगेका थिए । महरले सामाजिक संजाल फेसबुकमा उपचार असाध्यै महोङ्गो भएकाले सक्दाे आर्थिक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।