शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेमै फर्किन्छु भनेपछि एकीकृत समाजवादीका नेता कारबाहीमा

एमालेमै फर्किन्छु भनेपछि एकीकृत समाजवादीका नेता कारबाहीमा

  • मङ्लबार, भदौ १४, २०७९
एमालेमै फर्किन्छु भनेपछि एकीकृत समाजवादीका नेता कारबाहीमा

धनगढी — नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ ।

उनले सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखेपछि एकीकृत समाजवादीले कारबाही गरेको हो ।

उनलाई पार्टी विधान अनुसार सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताए ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउन प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा सदस्य पदबाट पनि कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको अध्यक्ष सिंहले बताए ।

 

 

चर्चामा

सम्बन्धित समाचार