शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • नेपाल पत्रकार महासंघ बाजुरा द्वारा तिज बिशेष कार्यक्रम मनायो

नेपाल पत्रकार महासंघ बाजुरा द्वारा तिज बिशेष कार्यक्रम मनायो

  • सोमवार, भदौ १३, २०७९
नेपाल पत्रकार महासंघ बाजुरा द्वारा तिज बिशेष कार्यक्रम मनायो

जंग रावल /बाजुरा — नेपाल पत्रकार महासंघ बाजुराको आयोजनामा हिन्दू नारीहरूको महान धार्मिक पर्वका रूपमा लिइने हरितालिका तिज बिशेष कार्यक्रम मनाएको छ ।

जिल्लामा कार्यरत पत्रकारहरुले हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका तिजको अवसर पारि नेपाल पत्रकार महासंघ बाजुराकाे आयाेजनामा सो कार्यक्रम गरेको नेपाल पत्रकार महासंघ बाजुराकी उपाध्यक्ष संगिता मितिल्सेनाले बताएकी छन ।
हिन्दू नारीहरूले व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूणर् पात्र गरेर व्रत तोड्ने परम्परा छ ।

प्रत्येक बर्ष हिन्दु नारीहरुले मनाउने हरितालिका तिज नेपाल पत्रकार महासंघले तिज बिशेष पत्रकार भेघाट तथा मनोरञ्जन कार्यक्रम मनाउने गरेको नेपाल पत्रकार महासंघ बाजुराकी उपाध्यक्ष तिमिल्सेनाले बताएईन ।

नेपाल पत्रकार महासंघ कि महिला उपाध्यक्ष संगिता मितिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बडिमालिका नगरपालिकाकि उप प्रमुख नन्दा थापा , बिशिष्ट अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बसन्त बिश्वर्कमाको उपस्थीति रहेको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व पदाधिकारी ,अग्रज पत्रकार लगाएत अन्य जिल्लामा कार्यरत पत्रकारको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार