शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • चीनबाट लोप भयो समुद्री गाई !

चीनबाट लोप भयो समुद्री गाई !

  • सोमवार, भदौ १३, २०७९
चीनबाट लोप भयो समुद्री गाई !

काठमाडौं — आमरुपमा समुद्री गाई भनिने एउटा जीव चीनबाट लोप भएको छ । सामुद्रिक स्तनधारी जीव डुगोंग लोप भएको घोषणा वैज्ञानिकहरुले गरेका छन् ।

सदियौँदेखि रेकर्डमा यो जीव दुई दशकयता नदेखिएको वैज्ञानिकहरुको भनाइ छ । वैज्ञानिकहरुको एक अन्तराष्ट्रिय टीमले हालै यस विषयमा अनुसन्धान गरेको थियो । चारवटा चिनियाँ प्रान्तमा स्थानीय माछा मार्ने समुदायमा सर्भेक्षण गरी हराएको डुगोंग जीवका बारेमा सबूत खोज्ने प्रयास गरियो ।

रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित शोध अनुसार सन् १९६० ताका डुगोंग ठूलो संख्यामा पाइन्थे । तर सन् १९७५ देखि यसको संख्यामा कमी आउन थालेको थियो । सन् २००८ यता डुगोंगलाई कुनै पनि माझीहरुले नदेखेको बताएका छन् । चिनियाँ वैज्ञानिकहरुले त सन् २००० यता नै यो जीव देखेका छैनन् ।

यो समुद्री गाईको शरीर मोटो, चौडा हुनुका साथै डल्फिनको जस्तै शरीर र पुच्छर हुन्छ । वयस्क जीवको लम्बाइ १३ फिट र वजन ४ सय किलो भन्दा धेरै हुन्छ ।

यो जीव गाईजस्तै सामुद्रिक घाँसमा चर्ने गर्दछ । यो विश्वमा हालसम्म पाइएका मध्ये एकमात्र शाकाहारी सामुद्रिक स्तनधारी जीव हो । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार