बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • बालिकामाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

बालिकामाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

  • सोमवार, भदौ १३, २०७९
बालिकामाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

काठमाडौँ — १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले सल्यानबाट कालिमाटी गाउँपालिका-४ का १९ वर्षीय छविलाल गिरीलाई पक्राउ गरेको हो।

विवाह गर्ने प्रलोभनमा पारेर १९ वर्षीय गिरी र सोही ठाउँका २० वर्षीय मेघराज थापाले लक्ष्मीपुरस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार भदौ ८ गते राति १० बजे ललाई फकाई विद्यालयमा लगी दुई जनाले जबरजस्ती करणी गरेको खुलेको छ।

भदौ ९ गते दिनभर जंगलमा राखी अब घर जाने भनी बालिकालाई जंगलमा नै छोडी उनीहरु फरार भएका थिए। पक्राउ परेका गिरीलाई सल्यान अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान थालिएको र अर्का फरार थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार