बाजुरा — नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका लागि उम्मेदवारहरुकाे टुङ्गाे लगाएकाे छ । आइतबार बसेकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारमा सर्वसम्वत सिफारिस गरिएकाे छ ।
त्यस्तै पार्टीकाे विस्तारित बैठकले प्रदेश सभा क्षेत्र न (क) मा एकीकृत समाजबादी पाटीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मत बहादुर शाही, नेकपा एकीकृत समाजबादी बाजुराका पाटी सचिव पुर बहादुर रावत र युवासंघ नेपालका केन्द्रीय उपमहासचिव धर्म बहादुर शाहीलाई सिफारिस गरेकाे नेकपा समाजबादी पार्टीले जनाएकाे छ ।
त्यसै गरी प्रदेश निर्वाचन क्षेत्र नं (ख) काे उम्मेदवारमा पाटिका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवि साउँद खड्कालाई सिफारी गरेकाे जनाएकाे छ ।
संघकाे समानुपातिक तर्फ पाटीका नेता काँशी नेपाली, दावा गुरूङ्ग भाेटे र सत्य खड्का थापालाई सिफारिस गरिएकाे नेकपा समाजबादीका सचिवालय सदस्य अनिल शाहीले बताएका छन ।
प्रदेश समनुपातिक तर्फ अमृता रावल बाेहाेरा र सतल कामी विकलाई सिफारीस गरेकाे शाहीले बताएका छन । बैठक साेमबार बिहानबाट पुन बसेकाे र जारी रहेकाे सदस्य शाहीले बताएका छन ।