चितवनस्थित नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हाम फालेका छन्। आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भइरहेको छ ।
पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए।