बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोलेस्टेरोल आफैंमा रोग होइन

कोलेस्टेरोल आफैंमा रोग होइन

  • सोमवार, भदौ १३, २०७९
कोलेस्टेरोल आफैंमा रोग होइन

शरीरमा कलेजोले उत्पादन गर्ने बोसो जस्तो पदार्थलाई कोलेस्टेरोल भनिन्छ । मानव रगतमा हुने जीवकोषहरुको अत्यन्त महत्वपूर्ण भाग हो, कोलेस्टेरोल ।

स्वस्थ कोषिकाहरुको, भिटामिन डी, पाचन र एस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोन जस्ता धेरै हर्मोनहरूको निर्माणको लागि कोलेस्टेरोल आवश्यक हुन्छ । विभिन्न प्रकारका शारीरिक कार्य गर्न शरीरमा कोलेस्टेरोलको मात्रा उचित हुनुपर्छ । शरीरमा कोलेस्टेरोल हुनु खतरा होइन, तर जब कोलेस्ट्रोलको स्तर बढ्छ तब हृदयरोग जस्ता दीर्घरोगको जोखिम बढी हुन्छ ।

कोलेस्टेरोल उच्च्च हुँदा के हुन्छ ? नियन्त्रण कसरी गर्ने ?

किन बढ्छ कोलेस्टेरोल ?

वंशाणुगत कारण, अस्वस्थ जीवनशैली, फ्याक्ट्रीमा उत्पादित खानेकुरा अत्यधिक सेवन र मुटुरोग भएका, मोटोपना भएका व्यक्तिमा कोलेस्टेरोल बढ्ने समस्या हुन सक्छ । कोलेस्ट्रोलको मात्रा बढी भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटुसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ । यसबाट हृदयघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले कोलस्ट्रोल मात्रा उच्च हुन नदिन स्वस्थ जीवनशैली अपनाउने, स्वस्थ आहार र नियमित व्यायाममा विशेष ध्यान पुर्‍याउन जरुरी छ ।

कोलेस्टेरोल गडबड हुनुको कारण

कोलेस्टेरोल आफैंमा एउटा रोग होइन । यसको सन्तुलन हुँदा स्वास्थ्यमा समस्या देखा पर्ने गर्छ । कोलस्ट्रोल उच्च र कम हुनुमा व्यक्तिमा प्रेसर, थाइराइड, मधुमेह, मुटुरोगजस्ता दीर्घकालीन रोगसँग सम्बन्धित हुन्छ । यी रोग लाग्दा कोलेस्ट्रोलको मात्रा गडबड हुन सक्छ ।

मोटोपना भएको व्यक्तिमा पनि कोलेस्टेरोलको मात्रा बढी हुने सम्भावना हुन्छ । चुरोट सेवन गर्ने बानीले कालान्तारमा गएर मुटुको धमिनी बिगार्ने हुन्छ । जसले गर्दा कोलेस्टेरोलको मात्रा उच्च हुन मद्दत पुग्छ ।
कोलस्ट्रोलमा विभिन्न चिल्लो पदार्थ हुन्छन्, तीमध्ये कोलेस्टेरोल राम्रो र नराम्रो गरी दुई प्रकारका हुन्छन्, एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन) र एचडीएल (हाई डेन्सिटी लिपोप्रोटिन) । एउटा राम्रो कम हुनु र नराम्रो कोलेस्टेरोल बढेमा यसको गडबड हुन्छ भन्ने बुझ्नुपर्छ ।

एलडीएललाई खराब कोलेस्टेरोल भनिन्छ । यसले कोलेस्टेरोललाई कलेजोबाट कोषिकामा पुर्‍याउने गर्छ । यसको मात्रा बढी भएमा कोषिकाहरुमा हानिकारक रुपमा जम्मा हुन थाल्छ । समयसँगै एलडीएलले रक्तनलीलाई कडा बनाउँदै जान्छ ।

तर एचडीएललाई राम्रो कोलेस्टेरोल मानिन्छ । यसले मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

कोलेस्टेरोल उच्च हुनुको कारण

आजभोलि पहिले जस्तो गुणस्तरयुक्त खानेकुरा नपाउने हुँदा शरीरभित्र हुने क्रियाकलाप फरक हुन थालेका छन् । फ्याक्ट्रीमा उत्पादित खानेकुरा जस्तै, कोक, फ्यान्टा, जंकफुडको अत्यधिक सेवनले पनि कोलेस्टेरोलको मात्रा उच्च बनाउन भूमिका खेल्छ ।

मोटोपना भएको व्यक्तिमा पनि कोलेस्टेरोलको मात्रा बढी हुने सम्भावना हुन्छ । चुरोट सेवन गर्ने बानीले कालान्तारमा गएर मुटुको धमिनी बिगार्ने हुन्छ । जसले गर्दा कोलेस्ट्रोलको मात्रा उच्च हुन मद्दत पुग्छ । कोलेस्टेरोलको घटबढ र मुटुरोगको जोखिम बढेपछि हृदयघात हुने गर्छ । जसमा एउटा प्रमुख कारक तत्वमा चुरोट सबैभन्दा नम्बर एकमा आउँछ ।

यसैगरी परिवारका कुनै सदस्यमा स्ट्रोक वा हृदयरोग भएमा, मधुमेह वा उच्च रक्तचाप भएका बिरामीमा कोलेस्टेरोल बढ्ने सम्भावना बढी हुन्छ ।

उच्च कोलेस्टेरोलको लक्षण

कोलेस्टेरोल बढेको पहिचान गर्न कुनै विशेष लक्षण छैनन् । चिकित्सकहरुले शरीरको जाँच गरेपछि मात्र यसबारे अग्रिम जानकारी दिन सक्छन् । यद्यपि, रक्त परीक्षण मार्फत कोलेस्ट्रोलको स्थितिबारे जान्न सकिन्छ ।

कोलेस्टेरोल गडबड र अन्य रोगको जोखिमले मुटुरोग देखिएको खण्डमा भने हृदयघातकै लक्षण हुन्छ । कोलेस्टेरोल साइलेन्ट किलर जस्तै हो । यसको लक्षणपछि देखिने भनेको पक्षघात र हृदयघात हो ।

चिल्लो पदार्थ खाएर कोलेस्टेरोल बढ्छ भन्ने भ्रम

चिल्लो पदार्थ मात्र खाएर कोलेस्टेरोल बढ्छ भन्ने भ्रम व्याप्त छ, जुन गलत हो । सही चिल्लो पदार्थ हाम्रो शरीरमा चाहिन्छ । पोषणविद्को सल्लाहमा सही चिल्लो पदार्थ पहिचान गरी प्रोटिनको मात्रा मिलाएर खानेकुरा खानुपर्छ । चिल्लो नै खानु हुँदैन भनेर उसिनेको मात्र खाने गर्नु हुँदैन । त्यसबाहेक कोक, फ्यान्टा जस्ता पेय पदार्थहरु जुन फ्याक्ट्रीमा बनेका हुन्छन् । यस्ता खानेकुरा खाँदा कोलेस्टेरोलको मात्रा बढाउँछ ।

उच्च कोलेस्टेरोललाई कसरी नियन्त्रण गर्ने ?

जीवनशैलीमा परिवर्तनका साथै स्वस्थ आहारको सेवन गरेमा कोलेस्टेरोलको मात्रा नियन्त्रण हुन सक्छ । यसका लागि केही कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

-रक्सी र धुम्रपानबाट टाढा रहने

-व्यायाम गर्ने

-मैदाजन्य खानेकुरा नखाने

-अन्नबाट बनेको खाना कम खाने

-मिठाइ जस्ता गुलियो पदार्थ नखाने

-वंशाणुगत दीर्घरोग छ भने ख्याल गर्ने

-आफ्नो आहारमा फाइबरयुक्त खानेकुरा समावेश गर्ने

कोलेस्टेरोलको परीक्षण

-कोलेस्टेरोलको मात्रा पत्ता लगाउने एक मात्र तरिका रगत परीक्षण हो । यो जोखिम मूल्यांकन गरेर उपचार गर्ने गरिन्छ ।

-कोलेस्टेरोल मापन गर्दा ट्राइग्लिसराइडको एचडीएल र एलडीएलको स्तर जाँच गरिन्छ । यसमा प्रत्येकको विशेष भूमिका हुन्छ । विशेषगरी एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएको र एलडीएल कोलेस्ट्रोल कम भएको राम्रो मानिन्छ । अन्य दीर्घरोग भए पनि यसको जाँच गराइन्छ ।

कोलेस्टेरोलको औषधि

कोलेस्टेरोलको औषधि डाक्टरको सल्लाह बमोजिम मात्रै खानुपर्छ । कोलेस्ट्रोल नियन्त्रणका लागि औषधि खाने वा नखाने भन्ने कुरा मुटुरोगका जोखिममा आधारित हुन्छन् ।

यदि मधुमेह छ भने ४० वर्ष कटेका पुरुष र महिनावारी बन्द भइसकेका महिलालाई कोलेस्टेरोल धेरै घटबढ नभए पनि चिकित्सकले औषधि दिन सक्छन् । मुटुरोगको जोखिम नभएका व्यक्तिले भने खानपानमा नै ध्यान दिनुपर्ने हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार