बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

  • आइतवार, भदौ १२, २०७९
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं — सुनसरीको वराहाक्षेत्र नगरपालिकाका शिक्षक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माविका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो।

कक्षा ८ र ९ पढाउने शिक्षक डम्बर पइँकरालाई आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय ९महेन्द्रनगर० ले पक्राउ गरेको हो। आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राको संवेदनशील अंगमा हात लगाउने र अस्वाभाविक कुराहरू गर्ने आरोप पीडित पक्षले लगाएको छ।

पइँकराले निकै लामो समयदेखि छात्रालाई गलत व्यवहार गरिरहेको विषयमा शुक्रबार विद्यालयमा आवाज उठाइएको थियो। आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित विद्यार्थी राखेर माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी र अभिभावक विरोधमा उत्रिएका थिए। प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो।

घटनाबारे छानबिन हुने इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) का प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार