बाजुरा —बाजुराकाे हिमाली गाउँपालिकाकामा ८ पेटी अवैध घरेलु मदिरा बरामद गरेको छ।
आईतबार बिहान हिमाली गाउँपालिकाका उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्रहरी चौकी धुलाचौर बाजुराबाट खटिएको संयुक्त टोलीले उक्त मदिरा बरामद गरेको हाे ।
उक्त अनुगमन टाेलीले हिमाली गाउपालिकाका विभिन्न स्थानमा रहेका होटल (पसलहरू) चेकजाँच गर्ने क्रममा १८० लिटर अवैध घरेलु मदिरा, (८ पेटी) रक्सी र अवैध मदिरा उत्पादन गर्न प्रयोग हुने भाडा बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।