शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • के अब देशमा सङ्कट काल लाग्छ?

के अब देशमा सङ्कट काल लाग्छ?

  • आइतवार, भदौ १२, २०७९
के अब देशमा सङ्कट काल लाग्छ?

सुरेशकुमार पान्डे — अहिलेको राष्ट्रघाती नागरिकता बिधेयकले देशमा अन्यौलको स्थिती निम्ताएकोछ।
संसदका दुबै सदन द्वारा पारित भएपछि त्यो आर्को पल्ट राष्ट्रपतीको टेबुलमा पुगेपछी राष्ट्रपती सँग प्रमाणिक गर्ने वा आफुले कुनै आर्को कदम चाल्ने बाहेक अर्को सम्वैधानिक विक्लप छैन्।
आखिर यस्तो चुनौती पुर्ण अबस्था राष्ट्रपती लाई आईपरेकोछ।
या त राष्ट्रपतीले आफै राजिनामा दिने वा आत्मा सम्पर्ण गर्ने बाहेक आर्को हो सैनिक साशन लगायर तानासाही कदम चाल्ने अड्कल पनि आम जनमानसले लगाउँदै आएकाछन।
तर सैनिक साशन लगाउँन त्यती सजिलो बिषय होइन त्यो अबस्थामा राष्ट्रपतीले सबै राजनीतिक पार्टीहरूको बिरोधको सामना गर्नु पर्नेछ।
जहां सम्म मेरो बिचारमा सैनिक साशन लगाउँने बिचार गलत हुनेछ बरू राष्ट्रपती ज्यु ले चुनाव आयोग सँग मिलेर चुनाव डिक्लिएर भयको अबस्थालाई मध्यनजर गर्दै अहिले चुनाव सम्मको लागी रद्ध गर्ने नियम आचार सहिंतामा छकिछैन त्यसबारे झिनो गोरेटो बनाउन सक्ने सम्भावना हुन सक्छन यदी त्यसो हुन सक्दैन भने राष्ट्रियताको रक्षाका लागी राष्ट्रपतीले राजिनामा दिएर सर्वोच्चको सरणमा जानु आर्को सहि विक्लप हुनसक्छ।
हुन त सम्बिधान बिध्दहरू सँग र सैना प्रमुख लगायत गणमान्य जनहरू सँग राष्ट्रपती जी ले परामर्श लिंदै आउँनु भयकोछ।
यसबारेमा हामिले भन्दा थुप्रै बुद्धिजिवीहरूले बिभिन्न राय सल्हा आदान प्रदान भयकै होला।
तर वास्तबिक रूपमा सैनिक साशनको सुझाव भने ठिक नहोला किन कि तानाशाहको अन्तिम अबस्था दयानिय हुन्छ तानाशाहको आम राजनीतिक शक्तिले बिरोध गर्नेछन।त्यसबाट राष्ट्रपतीको गरिमालाई पनि नसोंचेको झट्का लाग्न सक्छ।
सबैभन्दा सहि बाटो चुनावको बिषयलाई लिएर हुनसक्छ।चुनावको मिती तोकिसकेको अबस्थामा नागरिकता जस्तो अति सम्बेदनसिल दस्तावेजलाई पारित गर्नु भनेको चुनावी आचार सहिंताको उलङ्घन गर्नुनै हो यसबारेमा ब्यापक छफलगरेर नागरिकता बिधेयकलाई रोक लगाउँन सक्छ।
आखिर सरकार पक्षले राष्ट्रपतीलाई जसरी दवाब दिएर धम्काएर लाल मोहोर लगाउँन खोजेकाछन त्यो पनि सम्बैधानीक पद्धत्ती होइन देशका जनता लाई हिंजैको जस्ता वा सधैभरी अशिक्षित छन भन्ने ठानेर खुल्लम खुल्ला राष्ट्रघात गर्ने असम्बैधानिक तत्वहरूले जस्तो प्रकारको ब्यबहार गर्दै आएकाछन त्यो छंर्लङ्गैछ।
आगामि चुनावमा जनताले यि र यस्ता जनताका दुश्मन देशघातीहरूलाई अबस्यपनि सबक सिकाउँनेछन।जो जती तिक्डम गरेपनी जती धन लगाएपनि अहिले यि दलालहरूलाई जनताले सबक सिकाउँनेनैछन।सधैभरीका दिन एकैनासका अबस्यपनि हुँदैनन्।
तर देशले लगातार अढाइ बर्ष तानासाही ब्यस्था झेल्दै आएकोले अबका दिनहरूमा देशका जनताले सैनिक ब्यबस्था पनि रूचाउँने छैनन्।त्यसबारेमा पनि स्वायम राष्ट्रपती जी ले ध्यान पुराउँनुनै हुनेछ एक्किसौं सताब्दिका नेपाली जनताहरूले फेरीपनि तानाशाही ब्यबस्था सँग सम्झौता पनि गर्नेछैनन्।त्यसैले धेरै सोंचेर मात्र कदम चाल्नु आजको आबस्याकताहो।
अहिले हाम्रो देशभित्र अमेरिकी साम्राज्यवाद र स्वायम छिमेकीको पनि हश्तक्षेप कारी भुमिकाले देश संकटमा परेको अबस्थाहो।यो अबस्था बाट देशलाई सकुसल भाइर निकाल्न कुनै गणतान्त्रिक र राष्ट्रियताको हितमा कदम चाल्नुपर्ने समयको मागहो।यो माग सैनिक साशनले होइन घनिभूत सोंचेर मात्र पाइलो चाल्नुपर्ने हुन्छ।राष्ट्रपती सँग अरू कुनैचारा छैन भनेर भड्काउँने र सैनिक साशन लगाउँन उक्साउँने बिचार पनि गलत हो र राष्ट्रघाती नागरिकता सिधेयकलाई लाल मोहोर लगाएर प्रमाणित गर्ने ब्यबहारपनि गलतहो यि दुबै को बिच बाट आर्को अमूल्य र जनताको हित र देशको पनि हित हुने बाटो अप्नाउनु पर्दछ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार