शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी बुढीगंगामा सरोकारवालासंग अन्तरक्रिया

लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी बुढीगंगामा सरोकारवालासंग अन्तरक्रिया

  • शनिबार, भदौ ११, २०७९
लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी बुढीगंगामा सरोकारवालासंग अन्तरक्रिया

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी सरोकारवाल निकायसंग अन्र्तक्रिया गरिएको छ । बुढीगंगा नगरपालिकाको समन्वय पीसविन नेपालको आयोजना र भीएसओ, यूएनएफपीए, सीएमसीको साझेदारीमा लैङ्गिक हिंसा निवारण कोषबारेमा नगरपालिकाका जनप्रतिनिधि र सम्बन्धी निकायासंग छलफल गरिएको हो ।
परियोजनासंग सम्बन्धित अधिकारवाल, सरोकारवाला निकायलाई परियोजना अन्र्तगत लैङ्गिक हिंसा निवारण कोष बारेमा जानकारी, लैङ्गिक हिंसा न्युनीकरणका लागि पहल, कदमी तथा कार्य गर्न निकायका तथा पदाधिकारीहरुलाई लैङ्गिक हिंसा निवारण कोष बारेमा जानकारी गर्न उद्देश्यसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको आईएनएफपीए कार्यक्रम संयोजनक आत्माराम न्यौपानेले बताएका छन् ।
नगरपालिकाले पदाधिकारीहरुको सक्रिय सहभागितामा बनाएका कार्य योजनाको प्रगति र नयाँ कार्ययोजना अप्डेट र हिंसा न्युनीकरणमा समन्वय सहकार्य र कार्य प्रणालीका बारेमा अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको छ ।
महिला तथा किशोरीको विरुद्धमा हुने लैङ्गिक विवेदमा आधारित सबै प्रकारका हिंसा र विवेदको न्युनीकरण गर्न हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दास्रो चरण लागु भएको पीसविन सुपरभाईजर त्रिभुवन शाहले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा लैगिङ्गक निवारण कोष कार्यान्वयनका लागि छलफल गरिएको छ । प्रत्येक वर्ष नगरपालिकाले लैङ्गिक निवारण कोषमा रकम छुट्याए पनि कार्यान्वयन हुन नसेको बुढीगंगा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख ओम कुमारी विकले बताएकी छन् ।
नगरपालिकाले कोषका लागि प्रत्येक वर्ष २ लाख भन्दा बढी रकम छुट्याएको हुन्छ तर उक्त रकम कुन शिर्षकमा खर्च हुन्छ आफूलाई समेत अहिलेसम्म थाहा हुन नसकेको विकले बताईन् । पालिकाले छुट्याएकोे रकम छुट्टै कोषमा राख्ने र समितिद्धारा सञ्चालन गरी लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरुलाई सहयोग गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म उक्त कोष न स्थापन हुन सकेको छ नत स्थापना गरिएको कोष कार्यान्वयन गर्न सकेको छ । सम्बन्धीत सरोकार राख्ने कर्मचारीलाई पनि कोषको विषयमा अन्योल्ता रहेको पाईएको छ ।
प्रत्येक वर्ष कोष सञ्चालनका लागि कार्यविधि निर्माण गरिएपनि कार्यान्वयन हालसम्म हुन नसकेको महिला तथा बालबालिका शाखा प्रमुख विकले बताएकी छन् । उनले लैङ्गिक निवारण कोषका लागि हालसम्म छुट्याएको रकमको खोजी निती गरी कार्यान्वयनमा ल्याउन सबैले लाग्नुपर्ने बताएकी छन् । यसअघि छुट्याएको रकमको खोजी गरी समिति बनाएर कोषमा जम्मा गर्न पहल गरिने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।
अन्तरक्रिया कार्यक्रममा संस्थाले कोषको बारेमा जानकारी गराएपछि लैङ्गिक निवारण कोष सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन् । तत्काल कोष सञ्चालनका लागि समेत छलफल गरिएको थियो । आर्थिक, सामाजिक लगायतमा शसक्तिकरण हुन नसकेर पीडित आफ्नो निकायसम्म पुग्न नसकेको निष्कर्ष सहीत अब यसलाई अन्त्य गर्न टोल हुँदै वडाबाट लाग्नु पर्ने कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।
लैङ्गिक हिंसा प्रभावितहरुलाई न्याय दिन उक्त कोषले सहयोग पुग्नेमा उनीहरुले विश्वस लिएका छन् । तत्काल कोष परिचालन गरी पीडितहरुका लागि खर्च गरिने पनि कार्यक्रमा बताईएको छ । टोल–टोलमा विभिन्न समिति निर्माण गरी लैङ्गिक विवेदका बारेमा जनचेतनामुल कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा सहभागि वडाध्यक्षले बताएका छन् ।
लैङ्गिक हिंसा न्युनीकरण गर्न टोल तथा वडामा विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष तयार भएका छन् । कार्यक्रमका लागि वडाबाट रकम छुट्याएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बुढीगंगा नगरपालिका उप–प्रमुख माया (खड्का) कुवरले पालिकामा लैङ्गिक हिंसा न्युनीकरण गर्न पहल गरिने बताएकी छन् । कतिपय हिंसा पीडित महिलाहरुले आफ्ना पीडाहरु लुकाएर बस्नुपर्ने बाध्यता भएको बताउँदै अब यस्ता बाध्यता हटाउन गाउँ टोलमै पुगेर न्यायको ढोकासम्म पुर्याउन पहल गरिने उनले बताएकी छन् ।

No description available.
उपप्रमुख कुवरले आफू भर्खर जनप्रतिनिधी भएर आएको बताउँदै यसअघिका वर्षमा लैङ्गिक हिंसा निवारण कोषका लागि छुट्याएको रकमको समेत खोजी गरी कार्यान्वयनमा ल्याउने बताएकी छन् । कुवरले समाजमा हुने विभिन्न किसिमका हिंसा न्युनीकरण गर्न सम्बन्धित सरोकार राख्ने निकाय र वडाध्यक्षहरुले कडा रुपमा लाग्नु पर्ने बताएकी छन् । उनले तत्काल कोष सञ्चालन गरी लैङ्गिक हिंसा प्रभावितहरुलाई सहयोग गर्ने पनि बताईन् ।
पीसविन र भिएसओले विवेदपूर्ण सामाजिक मान्यता र अभ्यासहरुलाई चूनौति दिन र लैङ्गिक समानता र मानव अधिकारका बारेमा जानकारी गरी रोकथामका प्रयास गर्नका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । विवाहित जोडी संवाद कार्यक्रम, किशोर किशोरीहरुसंग विद्यालयमा रुपान्तरण व्याकेज कार्यक्रम, धार्किक अगुवा, बुद्धीजीवि, प्रभावशाली नेताहरुसंग लैङ्गिक समानताका लागि आलोचतात्मक चिन्तन र अभियानमा सहजीकरण तथा संवाद, विभिन्न समूह र समितिसंग छलफल तथा कार्यक्रम, लैङ्गिक हिंसा निवारण कोषका बारेमा अन्र्तक्रिया गर्ने गरिएको पीसविन सुपरभाईजर त्रिभुवन शाहले बताएका छन् ।
उक्त कार्यक्रम जिल्लाको बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा सञ्चालन भएको छ । बुढीगंगा नगरपालिका वडा नं. ३, ४, ५ र ९ मा र बडीमालिका नगरपालिकाको १, २, ६, ७ र ८ नम्बर वडामा लागु भएको शाहले बताए ।
दुई पालिका गरी ९ वटा विद्यालयका किशोर किशोरीसंग हिंसाको बारेमा छलफल तथा संवाद गर्ने गरेको छ । भने वडाहरुमा २० देखि ४५ वर्ष मुनीका विवाहीत जोडी सहभागि गरी जोडी छलफल, परिवारसंग छलफल तथा संवाद श्रीमान–श्रीमतिलाई एउटै ठाउँ सहभागि गराई छलफल गर्ने गरिएको शाहले बताएका छन् ।
बुढीगंगा नगरपालिका उपप्रमुख माया (खड्का) कुवरका अध्यक्षतामा सञ्चालन भएको अन्र्तक्रिया कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत, पीसविन अध्यक्ष विमला थापा, सबै वडाका वडाध्यक्ष, विभिन्न पार्टीका प्रतिनिधी, कार्यालय शाखाका प्रमुख लगायतकाे उपस्थिति रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार