आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटी-डडेल्धुरामा भोलि पहिलोपटक लाइसेन्सको ट्रायल हुँदै

डोटी-डडेल्धुरामा भोलि पहिलोपटक लाइसेन्सको ट्रायल हुँदै

  • शुक्रबार, भदौ १०, २०७९
डोटी-डडेल्धुरामा भोलि पहिलोपटक लाइसेन्सको ट्रायल हुँदै

धनगढी — डोटी र डडेल्धुरामा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि प्रयोगात्मक परीक्षा (ट्रायल) हुने भएको छ। यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिबार ट्रायल उद्घाटन गर्न लागेका हुन्। दुवै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार भोलि सुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल उद्घाटनको कार्यक्रम रहेको छ। डडेल्धुरामा पहिलोपटक सञ्चालन भएको ए, के र बी वर्ग अर्थात मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको उजले जनाए।

उनका अनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै भोलि नै परीक्षणकालीन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीमा राखिएको थियो।

चर्चामा

सम्बन्धित समाचार