शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • बाटोमा माटो फालेको निहुँमा वडाध्यक्षले स्थानीयलाई कुटे

बाटोमा माटो फालेको निहुँमा वडाध्यक्षले स्थानीयलाई कुटे

  • शुक्रबार, भदौ १०, २०७९
बाटोमा माटो फालेको निहुँमा वडाध्यक्षले स्थानीयलाई कुटे

धनगढी — मकवानपुरको कैलाश गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर गोम्बामाथि ३ जनालाई कुटेको आरोप लागेको छ। गैरीगाउँ–गोगने–पकनी–बैकुण्ठ सडकमा माटो फालेको भन्दै वडा नम्बर ५ का ३ जनालाई कुटेका गाउँलेले बताएका छन्।

वडा नम्वर–५ का बासिन्दा कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउने क्रममा आलो माटोमा बिहीबार गाडी फसेका थिए। यहि विषयलाई लिएर उनले ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयबासिन्दाले बताएका छन्। वडाध्यक्ष गोम्बाले बाबुछोरालाई हातपात गरेको देखेर छुटाउन गएका नितन विष्टलाई पनि उनले कुटेका छन्।

विष्ट भन्छन्, ‘ढकाल दाइका बाउछोरा माथिनै हातपात गरेको देखेर म छुटाउन गएँ। जनप्रतिनिधि भएर तपाईंले यसो गर्न मिल्दैन भन्दा उनले मलाई पनि लात्तैलात्ता हाने।’ आफूहरुले इलाका प्रहरी कार्यालय पालुङमा उजुरी दिन लागेको बताए। वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको बिषयमा विवाद भएको र धकेलाधकेल भएको तर आफूले हातपात नगरेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार