शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • बाजुराको निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो विष्ट र खड्का

बाजुराको निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो विष्ट र खड्का

  • बिहिबार, भदौ ९, २०७९
बाजुराको निर्वाचन क्षेत्रमा कांग्रेसले खटायो विष्ट र खड्का

बाजुरा — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बाजुराको निबर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्र मध्ये बाजुरामा पनि सुदुरपश्चिम प्रदेश कार्यसमितिका सदस्य क्षेत्र नं १ (क)  गणेश बहादुर विष्ट र सदस्य क्षेत्र नं १ (ख) राजेन्द्र बहादुर खड्का लाई निर्वाचन प्रतिनिधिको रूपमा खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार