• होमपेज
  • बडिमालिका
  • पैसा अभाबमा अलपत्र बाजुराकी सुजाताको काठमाडौमा उपचार

पैसा अभाबमा अलपत्र बाजुराकी सुजाताको काठमाडौमा उपचार

  • बिहिबार, भदौ ९, २०७९
पैसा अभाबमा अलपत्र बाजुराकी सुजाताको काठमाडौमा उपचार

बाजुरा–बडिमालिका नगरपालिका १ बस्ने २० बर्षयी सुजाता रोकायाको काठमाडौमा उपचार भइरहेको छ । बयलपाटा अस्पतालले काठमाडौ रिफर गरेको भएपनि पैसा नहुदा आफन्तले घरमा लगेका थिए । सुजाता जिवनमरणको दोसाधमा रहेको समाचार दि हिमालयन टाईम्स र बडिमालिका खबरमा प्रकाशित पछि उनको उद्धार भएको हो ।
सुजाताको गंगलाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको छ । समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले उद्धार गरेर उपचारमा सहयोग गरेको हो । सुजाताको उपचार खान बस्ने देखी उनकि ४ महिनाकी छोरीको पालनपोषणको जिम्मा लिएको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । संस्थाका संस्थापक जर्मन नागरिकMarianne grospietch ले समचार पढेपछि सुजाताको उद्धार भएर उपचार शुरु भएको हो ।
समाचार प्रकाशित पछि काठमाडौ सम्म एम्बुलेन्सको भाडा बेलायत बस्ने समाजसेवी मधु गुरुङ्गले ३० हजार १ सय ८८ सहयोग गरेकी छन् । सुजातको मुटु, फोक्सोमा समस्या सँगै उनलाइ रोग लागेको लामो समय भइसकेकाले उपचार जटिल रहेको चिकित्सकले वताएका छन् ।
सुजाता बिरामी भएपछि जिल्ला अस्पताल बाजुरा आफन्तले उपचारमा ल्याएका थिए । अस्पताल बाजुराले यहाँ ठिक नहुने भन्दै रिफर गरेको थियो । अस्पताल बाजुराले मुटु सम्बन्धि समस्या रहेको काठमाडौ लग्ने भनेपनि आफन्तले अछामको बयलपाटा अस्पतालमा पुयाएका थिए ।
काठमाडौ लिन गाडि भाडा समेत नभएपछि सुजातालाई बोकेर घर ल्याएको श्रीमान लाल बहादुर कार्कीले वताएका छन् । उपचार त धेरै टाढाको बिषय हो, काठमाडौ सम्म लिन गाडि भाडा नभएपछि घर ल्याएको कार्कीले वताए । बयलपाटा सम्म तर रिन काढेर लगेको आफन्तले वताए ।
सुजाताको ४ महिनाकी छोरी रहेकी छ । सुजाताले रुदै भनिन्, आफुले बाच्ने आश मारिसकेको बताईन् । बिरामी भएको एक महिना भन्दा बढी भइसकेको छ, उपचार हुने छाट्काट नभएको उनले वताईन् । आफुलाई बचाई दिनका लागि उनले सबैमा आग्रह गरेकि छन् । स्थानिय सरकार, बिभिन्न सरकारी निकाय सँग सुजाताको परिवार उपचारका लागि पुगेको भएपनि कतै बाट सहयोग नभएको स्थानियले वताए ।
३७ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । संस्थाले काठमाडौमो कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाले वताएकि कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार