बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • बझाङमा खेलमैदान नहुदा खेलाडीलाई अभ्यास गराउन सेतीका किनारमा

बझाङमा खेलमैदान नहुदा खेलाडीलाई अभ्यास गराउन सेतीका किनारमा

  • बिहिबार, भदौ ९, २०७९
बझाङमा खेलमैदान नहुदा खेलाडीलाई अभ्यास गराउन सेतीका किनारमा

अर्थ जङ्ग शाही/ बझाङ — नबौ राष्ट्रिय खेलकुद २०७९ को बझाङमा आज देखि छनोट प्रतियोगिता सुरु भएको छ। जिल्ला भित्र बाट १८ बिधालयका खेलाडीलाई दर्खास्त आह्वान गरि भाग लिन जिल्ला खेलकुद कार्यलय बझाङले पत्राचार गरे सङै आज भदौ ९ गते देखी छनोट गर्ने भएको छ ।

आज एक कार्यक्रमका बीच नबौ राष्ट्रिय खेलकुद छनोट प्रक्रियाको उद्घाटनमा बोल्दै बझाङ जिल्ला खेलकुद समितीका अध्यक्ष पुष्प्लाल रोकायाले भन्न्नुभयो ; जिल्लामा खेलमैदान नहुदा छनोट गर्नका लागि कहिले ब्यारेक त कहिले सरकारि बिध्यालय बन्द गराएर त कहिले किसान खेत भाडामा लिएर,कहिले सेतिको किनारमा त कहिले डाडामा गएर अभ्यास गर्नुपर्ने बाध्यता रहेको बताए ।

जिल्ला समन्वय प्रमुखको आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा , जयपृथ्वी नगरपालिकाका उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक तथा नेपाली सेनाका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

राष्ट्रका लागि खेलकुद , स्वास्थयका लागी खेलकुद भन्न्ने मुल नाराका साथ नबौ राष्ट्रिय खेलकुदका लागि बझाङमा २८ इभेन्ट र १८ वटा खेलमा छनोट गरिने भएको छ।

भलिबल , क्रीकेट ,ब्याटमिन्टन ,फुटबल ,ह्यन्डबल, टेबलटेनिस , बक्सिङ ,तेक्वान्दो , फुलकन्टयाक्ट ,कबडि, पौडि ,खो खो ,एथलेटिक्स ,शारीरिक सुगठन इत्यादि लगायतका बिधामा जिल्लाबाट छ्नोट गरेर प्रदेश र त्यसपछि प्रदेश बाट राष्ट्रिय स्तरमा सहभागी गराइने भएको छ।

चर्चामा

सम्बन्धित समाचार