बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • बझाङको सूर्मा गाउँपालिका-१ बत्तीले झिलिमिली बनाउँछु :वडा अध्यक्ष बोहरा

बझाङको सूर्मा गाउँपालिका-१ बत्तीले झिलिमिली बनाउँछु :वडा अध्यक्ष बोहरा

  • बिहिबार, भदौ ९, २०७९
बझाङको सूर्मा गाउँपालिका-१ बत्तीले झिलिमिली बनाउँछु :वडा अध्यक्ष बोहरा

अर्थ जङ्ग शाही/ बझाङ — बझाङको सूर्मा गाउपालिका-०१ का नेपाली काग्रेसका नवनिर्वाचित वडा अध्यक्ष दिनेश बोहराले यो बर्षको सबै बजेट आफ्नो गाँउमा बिधुतमा हालेका छन्।

वडा अध्यक्ष दिनेश बोहरा उमेरले २६ टेक्नै लागेका छन्। उनी भन्छन बझाङ जिल्लाको नै एउटा उदाहरणीय विकास निर्माणको युवा नेता बन्नेछु। गाउँलेले पनि आफूलाई राम्रै विश्वास गरेर आफूले वडा जितेको पनि उनी बताउछन्।

“आफ्नो पांच बर्षको कार्यकालमा गाउका मान्छेको दुखमा आफूले साथ दिएर सूर्मा गाउँपालिकामा बिधुत,यातायात, स्वास्थ्य र शिक्षामा बढी जोड दिने उनी बताउछन्।

आफू एउटा ब्यक्तिको मात्र वडा अध्यक्ष नभएर सिङ्गो सूर्मा गाउँपालिकाको अध्यक्ष भएको पनि उनी बताउँछन्। सूर्मा गाउँपालिकामा सबैका मर्म बुझ्ने उनको भनाइ रहेको छ।

यो युवा अवस्थामै आफूले गाउका मान्छेलाई बिश्वास दिलाएर यो सुरुवातमै आफूले वडा जितेको बताउँछन्। सूर्मा गाउँपालिकाको बिकासको लागी आफू सहित त्यहा युवा जनमासलाई निकै नै प्राथमिकता दिने वडा अध्यक्ष बोहरा बताउछन्।

सूर्मा गाउपालिका-०१ मा अध्यक्षका दाबेदार नेकपा एमाले बाट शिखर बोहरा र काङ्ग्रेस बाट दिनेश बोहराको भिडन्त भएको थियो। जसमा शिखर बोहराले १२९ मत र दिनेश बोहराले ३७१ मत ल्याएर भारी मतका साथ वडा अध्यक्ष दिनेश बोहरा बिजयी भएका थिए।

चर्चामा

सम्बन्धित समाचार