शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • बिहिबार, भदौ ९, २०७९
क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाख रुपैयाँ सम्म तलब हुनेगरी काम लगाइदिन्छु भनी उनले पीडितबाट ६ लाख २४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार