अर्थ जङ्ग शाही/ बझाङ — बझाङको केदारस्यू गाउँपालिका -१ चौडाम खेत स्थित हिजो सेती नदीको बिचमा सडेगलेको एक लास फेला परेको छ। नामथर वतन नखुलेको अन्दाजी ३५-४० वर्षीय पुरुषको लास भेटिएको हो ।
उनको शरीरको पुरै भागको छाला निस्केको र शरीरमा कुनै पनि कपडा नभएको उक्त लास जिल्ला प्रहरी कार्यालय बझाङले, जिल्ला अस्पताल सिमखेतमा पोष्टमार्टमको लागी ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको बझाङ प्रहरीका डीएसपी जागेश्वर भण्डारीले बडिमालिका खबरलाई बताएका छन ।