• होमपेज
  • समाज
  • भिजिट भिसामा विदेश हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

भिजिट भिसामा विदेश हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

  • बुधबार, भदौ ८, २०७९
भिजिट भिसामा विदेश हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

भिजिट भिसामा विदेश उड्न लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । भिजिट भिसा बाहक ३९ जनालाई फिर्ता गरिएको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

धेरैजसो गल्फ र मिडल इस्टमा जान लागेका महिलाहरुले नक्कली कागजात पेश गरेर भिसा लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

भिजिट भिसामा विदेश जान सरकारले तोकेको मापदण्ड उनीहरुले पुरा नगरेको डीआईजी ज्ञवालीले बताए । भिसा सक्कली भएपनि नक्कली कागजात पेश गरेर उनीहरुले भिसा लिएको भेटिएको छ ।

चर्चामा

सम्बन्धित समाचार