• होमपेज
  • राजनीति
  • बाजुरा प्रदेश क बाट गठबन्धनमा नरेश शाहीको चर्चा

बाजुरा प्रदेश क बाट गठबन्धनमा नरेश शाहीको चर्चा

  • बुधबार, भदौ ८, २०७९
बाजुरा प्रदेश क बाट गठबन्धनमा नरेश शाहीको चर्चा

बाजुरा — प्रदेश र संघको चुनाव नजिकिदै गर्दा टिकटका लागि दौडधुप चलिरहेको छ । बाजुरामा संघ र प्रदेशमा टिकटका लागि हानथाप शुरु भइसकेको छ । बाजुरामा ५ दलिय गठबन्धन एक भएमा संघिय चुनावमा काँग्रेसको भागमा नै पर्ने देखिन्छ ।
तर प्रदेश क मा भने समाजवादिको भागमा पार्न समाजवादि नेताहरु लागि परेका छन् । नेकपा समाजवादीको भागमा परेमा युवा संघका अध्यक्ष नरेश बहादुर शाही टिकट पाउने चर्चा शुरु भएको छ । त्यो क्षेत्रमा टिकट पाउने सम्भाबना नरेश बहादुर शाही र हिक्मत शाहीको हो । हिक्मत शाहीको टिकट पाउने सम्भाबना निकै न्युन रहेकोले नरेश शाही नै टिकट पाउने एक सामाजवादीका केन्द्रिय नेताले बडिमालिका खबर सँग बताएका छन् ।
काँग्रेसले प्रदेश क मा नेकपा समाजवादीलाई टिकट दिन तयार भएमा शाही नै टिकट पाउने बढी सम्भाबना रहेको देखिन्छ । नरेश शाही माधब कुमार नेपालका बिश्वासीलो पात्र हुन् । गठबन्धनले समाजवादीलाई टिकट दिएमा जनकराज गिरीको टिकट पाउने सम्भाबना निकै न्युन देखिन्छ । गठबन्धनले काँग्रेसलाई दिएमा जनक गिरीको सम्भाबना हो, तर एक चरणमा बाजुरा प्रदेश क मा नेकपा समाजवादीलाई दिने छलफल भएको एक नेताले वताएका छन् । नेकपा एमालेमा सहदेब बोगटि, बल्देब रेग्मी र रङ्गमान शाहीको नाम चर्चामा आएको छ ।
नेपालि काँग्रेस बाजुरा बाट प्रतिनिधि सभाको चुनावमा दुइजना बिच टिकट लिनका लागि कडा प्रतिश्पर्धा देखिएको छ । नेपालि काँग्रेसका सहमहामन्त्रि बद्धि पाण्डे र काँगेस बाजुरा पुर्व पाटि सभापति बिचमा टिकट कसले लिने भन्ने देखिएको छ ।
पाण्डे शेखर कोइराला समुह हुन भने पण्डित देउवा पक्षधरका नेता हुन् । सामाजिक सञ्जालमा पण्डित पक्षधर कार्यकर्ताले पण्डितले टिकट पाउनुपर्ने तर्क राखेका छन्, भने पाण्डे पक्षधर कार्यकर्ताले बद्रि पाण्डेले पाउनु पर्ने तर्क राख्दै सामाजिक सञ्जालमा प्रचारप्रसारमा लागेको देखिन्छ । पाँच दलिय गठबन्धनमा एक भएर गएपनि बाजुरामा प्रतिनिधि सभामा काँग्रेस भन्दा अन्य पाटिले टिकट पाउने सम्भाबना निकै न्युन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार