• होमपेज
  • बाजुरा बिशेष
  • मतदाता अध्यावधिकमा सहयाेग गर्न स्थानिय तहलाइ निर्वाचन कार्यालय बाजुराकाे अनुराेध

मतदाता अध्यावधिकमा सहयाेग गर्न स्थानिय तहलाइ निर्वाचन कार्यालय बाजुराकाे अनुराेध

  • मङ्लबार, भदौ ७, २०७९
मतदाता अध्यावधिकमा सहयाेग गर्न  स्थानिय तहलाइ निर्वाचन कार्यालय बाजुराकाे अनुराेध

बाजुरा — मतदाता नामावली अधावधिक तथा दावी विरोध  सम्बन्धी  सोरोकावालहरूसंग अन्तरक्रिया कार्यक्रममा  सराेकारवालाहरु स‌गं सबैले यसलाइ निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ ।

छलफल कार्यक्रममा याे पटक सबै स्थानिय तहले मृत्यु भएका नागरिककाे नाम हटाएर नामावली अध्यावधिक गर्न निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ ।

बिभिन्न स्थानिय तहमा मृत्यु भएका नागरिककाे नामावलीले गर्दा मतदानमा समस्या हुने गरेकाेले यथासिघ्र नामावलीबाट नाम हटाएर अध्यावधिक गर्नुपर्ने सराेकारवालाहरुकाे भनाइ रहेकाे थियाे ।

मृत्यु भएका नामहरुकाे मतदाता कार्ड लिएर मत हाल्ने प्रबृद्धि भएकाेले याे पटक मृतक सबैका नाम हटाएर मात्र नामावली अध्यावधिक गर्न सराेकारवालाहरुले सुझाव दिएका छन ।

याे बिषयमा निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानिय तह सबैले सकरात्मक भुमिका निर्वाह गरेर अगाडी बढ्नुपर्ने निर्वाचन कार्यालयकाे भनाइ रहेकाे छ ।

सराेकारवालाहरु स‌गकाे अन्तरकृया कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बहादुर बिष्ठकाे अध्यक्षतामा स‌ंचालन गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यालय बाजुराकाे बैठक हलमा स‌चालन भएकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम राेकाया रहेका थिए ।

कार्यक्रममा नेकपा एमाले बाजुराका सचिव भरत थापा, नेपाली काँग्रेस बाजुराका उप सभापती पदम बडुवाल लगायत जिल्लामा कृयाशिल राजनितक दलका प्रतिनिधीहरु र सुरक्षा निकायका प्रमुखहरुकाे  समेत उपस्थिती रहेकाे थियाे ।

अन्तर क्रिया कार्यक्रममा निर्वाचन आयाेगले मतदाता नामावली अध्यावधिक र त्यसकाे समय कहिले सम्म गरिसक्नु पर्ने भन्ने बिषयमा जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले जानकारी गराएका थिए ।

निर्वाचन कार्यालय बाजुराका सुचना अधिकारी बिशाल पुडासैनीले स‌चालन गरेकाे कार्यक्रमा जिल्ला स्थित सराेकार वाला राजनितिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत पत्रकार र नागरिक समाजका प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे

चर्चामा

सम्बन्धित समाचार