• होमपेज
  • समाचार
  • कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

  • मङ्लबार, भदौ ७, २०७९
कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

धनगढी–  कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। सोमबार ११ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा टीकापुर नगरपालिका ७ वेलुवा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी खटिएर उनलाई समातेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार