शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा सिजनल भाइरल ज्वरोको प्रकोप

बाजुरामा सिजनल भाइरल ज्वरोको प्रकोप

स्वास्थ्यकर्मी बिरामी पर्दा उपचारमा समस्या

  • मङ्लबार, भदौ ७, २०७९
बाजुरामा सिजनल भाइरल ज्वरोको प्रकोप

बाजुरा–बाजुरा जिल्लामा दुुइसाता देखी सिजनल भाइरल ज्वरोको प्रकोप फैलिएको छ । जिल्लाका सबै स्थानिय तहमा यसको प्रकोप बढेको पाईएको छ । सिजनल भाइरल ज्वरोले सबै भन्दा बढी बालबालिकामा संक्रमण देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
बालवालिकामा देखिएको संक्रमणले झनै जटिल रुप लिन थालेको छ । दिनप्रतिदिन विरामीको संख्यामा वृद्धि हुदै गएपछि संक्रमण जटिल प्रकारले फैलिन थालेको स्वास्थ्य कर्मीले बताएका छन् । अस्पताल बाजुरामा स्वास्थ्यकर्मी समेत भाइरल ज्वरोको संक्रमणमा परेको अस्पताल बाजुराका प्रमुख डा. मिलन जोशीले वताएका छन् । स्वास्थ्यकर्मीनै बिरामी परेपछि उपचारमा समस्या भएको जोशीले वताए । अस्पताल बाजुराका अधिकांश स्वास्थ्यकर्मी समेत बिरामी परेका छन् ।
मौसमी संक्रमण जस्तो देखिएपनि ज्वरोको मात्रा र निमोनियाको संक्रमण व्यापक भएकोले परिस्थिति जटिल बन्दै गएको छ । जिल्ला अस्पताल बाजुरामा मात्र दैनिक बिस देखी तिस जना भाइरल ज्वरोका बिरामी उपचारमा आउने गरेका छन् । त्यस्तै खप्तड छेडेदह गाउँपालिका पनि बालवालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्वास्थ्य संयोजक रमेश वलीले वताएका छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको संख्या बढिरहेको छ ।
जिल्ला अस्पताल बाजुरामा दैनिक ५ जना भन्दा बढीलाई अक्सिजनको साहयतामा उपचार गर्नुपरेको छ । १ सय देखि १ सय ५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका विरामी आउने गरेका छन् । विरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पताल बाजुराका स्टाफ नर्स निशा रोकायाले बताएकी छन् । उनिहरुमा अक्सिजनको कमि हुने गरेको अक्सिजन सहयोगमा उपचार गर्ने गरेको रोकायाले वताईन् ।
भाइरल ज्वरोका बिरामी स्वास्थ्य संस्थामा मात्र नभई निजि मेडिकलमा पनि उल्लेखनिय मात्रामा उपचारमा आउने गरेका छन् । मार्तडीमा निजि मेडिकल सञ्चालन गर्दै आएका रामचन्द्र
यादवका अनुसार दैनिक ४० देखि ५० जना आफूले मात्र उपचार गर्ने गरेको बताएका छन् । विद्यालय जाने बालबालिकाबाट नै र घरमा रहेका साना बालबालिकामा संक्रमण फैलिएको यादवको भनाई छ ।
संक्रमण २ महिना देखि ५ वर्ष उमेर समूहका बालकालिमा बढी देखिएपनि विरामी १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालले ५ वर्ष यताकै भयानक र जटिल संक्रमण देखिएको बताएको छ । एकै महिना सयैको संख्यामा बालबालिका विरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना हुनु निकै जोखिम र खतराको अवस्था देखिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् ।
जिल्लामा साउन दोस्रो सातादेखि संक्रमण फैलिएको हो । कोरोना जाँचमा नेगेटिभ देखिएपनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकोले थप जोखिम बढेको स्वास्थ्य कर्मीको भनाई छ । जिल्ला अस्पतालले समयमै बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिल समेत गरेको छ ।
सामान्य लक्षण देखिने लगत्तै उपचारका लागि ल्याउनु पर्ने र खानपान, सुरक्षा र सरसफाइमा बिशेष ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ । सञ्चार माध्यमदेखि अभिभावक सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार