काठमाडौं — बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’लाई लिएर भइरहेको विवाद रोकिने कुनै छाँटकाँट देखिएको छैन । रिलिज हुनुअघिबाटै सामाजिक सञ्जालमार्फत बहिष्कारको मुद्दा खेपेको फिल्म बक्स अफिसमा कमजोर सावित हुन पुगेको छ ।
यसैबीच, ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक लगाउनुपर्ने माग गर्दै कोलकाता उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता नाजिया इलाही खानले फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै जनहित याचिका दायर गरेका हुन् ।
रिटमा फिल्ममा देखाइएका दृश्यले शान्ति सुव्यवस्थामा खलल पु¥याउने दाबी गर्दै पूरै पश्चिम बंगाल राज्यमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको छ ।
यदि ‘लाल सिंह चड्ढा’को प्रदर्शनमा रोक नलगाए हरेक सिनेमा हल अगाडि प्रहरी तैनाथ गर्नुपर्ने अवस्था आउने समेत रिट निवेदकले चेतावनी दिएका छन् ।
रिटमाथिको सुनवाई मंगलबार नै हुने जनाइएको छ ।