शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • मोटे भन्दै गर्लफ्रेण्डले छाडेपछि एक वर्षमै यस्तो शरीर !

मोटे भन्दै गर्लफ्रेण्डले छाडेपछि एक वर्षमै यस्तो शरीर !

  • मङ्लबार, भदौ ७, २०७९
मोटे भन्दै गर्लफ्रेण्डले छाडेपछि एक वर्षमै यस्तो शरीर !

काठमाडौं — बढी मोटो शरीरले मानिसलाई विभिन्न समस्या पैदा गर्दछ । यसले केवल स्वास्थ्यजन्य तथा शारीरिक समस्याहरु मत्र होइन मानिसक तथा सामाजिक रुपमा पनि समस्याहरुको सिर्जना गर्दछ ।

मोटोपनाकै कारण प्रेम तथा वैवाहिक सम्बन्धहरु समेत टुटेका विभिन्न समाचार बेलाबखतमा पढ्न पाइन्छ । हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

डेलीस्टारमा प्रकाशित समाचार अनुसार निकै मोटो जिउ भएकै कारण एकजना युवकलाई उनकी प्रेमिकाले छाडेकी थिइन् । मोटे भनेर गर्लफ्रेण्डले छाडेपछि ती युवकलाई पिर त पर्यो नै उनले उक्त शोकलाई शक्तिमा बदल्ने प्रण गरे ।

त्यसपछि उनले आफ्नो जिउको बोसोलाई यसरी घटाए कि झण्डै डेढ क्विन्टल तौल भएका ती युवक अहिले ६९ किलोका भएका छन् । गर्लफ्रेण्डको इखले झण्डै आधा शरीर घटाएका ती युवकको चर्चा सोसल मिडियामा चुलिएको छ ।

समाचार अनुसार पुवी नामका ती युवकलाई गतवर्ष उनकी प्रेमिकाले निकै मोटो भएको भनेर छाडेकी थिइन् । ब्रेकअपपछि पुवी केही दिनसम्म चिन्तामा डुबेर बसे । तर केही दिनमै उनले त्यो पीडालाई शक्तिमा बदले र आफुलाई तन्दुरुस्त राख्ने प्रण गरे । त्यसपछि उनले आफ्नो जिवनशैलीमा परिवर्तन गरे ।

ऋाफ्नो शरीरको रुपान्तरणका बारेमा टिकटकमा एक भिडियो शेयर गरेका उनले आफ्नो वजन १ सय ३९ किलोबाट ६९ किलोमा झरेको उल्लेख गरेका छन् ।

भिडियोमा उल्लेख गरे अनुसार गर्लफ्रेण्डले छाडेको केही दिनमै उनी जिमखाना जान सुरु गरे । सुरुमा उनले शरीरको वजन कम गरे र त्यसपछि फिटनेस र लुक्समा मेहेनत गरे । केही महिनामा त उनले एब्स पनि बनाए ।

प्हिले ट्रिपल एक्स एल साइजका कपडा लाग्ने उनको शरीरमा अहिले एल साइजका कपडा फिट हुने पुवी बताउँछन् ।

ऋाफ्नो शरीरको यस्तो चामत्कारिक रुपान्तरणको श्रेय उनी कडा मेहेनत र आहारलाई दिन्छन् । उनले जिमखानामा व्यायाम गर्नुका साथै आफ्नो डाइटमा पनि ध्यान दिए । तौल नियन्त्रणका लागि खानेकुरामा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

उनले भोजनमा धेरै प्रोटिनयुक्त खानेकुरा खान्थे । हरिया सागपात, कुखुराको मासु, अण्डा, ब्रेड आदि उनको भोजनमा सामेल भए । गुलियो, चिल्लो तथा बढि क्यालोरीयुक्त खानेकुराहरुबाट उनी टाढै रहे । एजेन्सीको सहयोगमा । 

चर्चामा

सम्बन्धित समाचार