शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बैतडीबाट हवाई उद्धार गरिएकी महिला बचिन्, शिशुको गर्भमै मृत्यु

बैतडीबाट हवाई उद्धार गरिएकी महिला बचिन्, शिशुको गर्भमै मृत्यु

  • सोमवार, भदौ ६, २०७९
बैतडीबाट हवाई उद्धार गरिएकी महिला बचिन्, शिशुको गर्भमै मृत्यु

बैतडी — बैतडीबाट हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवती महिलाको ज्यान जोगिएको छ। सोमबार सिगास ६ थालाकाडाकी २० वर्षीया बिन्दु धामीलाई हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुगाइएको थियो। तर, गर्भमा रहेको बच्चाको भने मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। लामो समयको प्रसव पीडाका कारण शिशुको मृत्यु भएको बताइएको छ।

बिन्दुको अवस्था भने सामान्य रहेको छ। आइतबार थालाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि सोमबार हवाई उद्धार गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार