• होमपेज
  • देश
  • जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  • सोमवार, भदौ ६, २०७९
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं — १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ ।

उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार