• होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा स्त्रीरोग विशेषज्ञ डाक्टर सहितकाे सेवा संचालन

जिल्ला अस्पताल बाजुरामा स्त्रीरोग विशेषज्ञ डाक्टर सहितकाे सेवा संचालन

  • आइतवार, भदौ ५, २०७९
जिल्ला अस्पताल बाजुरामा स्त्रीरोग विशेषज्ञ डाक्टर सहितकाे सेवा संचालन

बाजुरा — जिल्ला अस्पताल बाजुरामा  स्त्रीरोग बिशेषज्ञ सहतिको सेवा संचालन गरेको छ । जिल्ला अस्पताल बाजुरामा  स्त्रीरोग बिशेषज्ञ डाक्टर आएपछि सो सेवा संचालन गरेको हो । जिल्ला अस्पताल बाजुरामा  बिशेषज्ञ डाक्टर आएपछि जिल्लाभरका महिलाहरुका लागि सहज हुने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरामा स्त्रिरोग बिशेषज्ञ डाक्टर शुनिल कुमार शाह आएपछि सो सेवा आईतबारबाटै सेवा संचालनमा आएको जिल्ला अस्पताल बाजुराका ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले बताए । स्वास्थ्य सेवाका हिसाबले एकदमै पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेकोमा केही सहज हुने जिल्ला अस्पताल बाजुराले जनाएकाे छ । जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्री रोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनुपर्ने बाध्यतालाइ कम गर्न सकिने अस्पातालले जनाएकाे छ  ।
जिल्ला अस्पतालमा महिलाका हरेक रोगहरुको उपचारको लागि कटिबद्ध भएर सेवा दिन बाजुरा पुगेको डाक्टर शुनिल कुमार शाहले बताए । जिल्ला अस्पतालमा भएका उपकरण र आफ्नो क्षेमताले भ्याए जति बाजुराका नागरिकलाई सेवा दिने बिशेषज्ञ डाक्टर शाहले बताए ।
जिल्ला अस्पतालमा आएका धेरै महिलाहरुको समस्याहरु समाधान गर्न सकिने जिल्ला अस्पताल बाजुराले जनाएको छ । यस अघि जिल्ला अस्पतालमा महिला स्त्री तथा प्रसुती रोग विशेषज्ञको अभाव भएको कारण महिला विरामी सेवाग्राहीहरू मार्कामा पर्दै आएका थिए ।

स्वास्थ्य संवेदनशीलताप्रतिको जानकारी कम, आर्थिक अभावले अस्पताल जान नसक्नु, घरायसी कामको बोझ, परिवारको बेवास्ता, रोग निको पार्दिन्छन् भन्नेमा देवी देवताप्रतिको विश्वास, धामी झाँक्रीको भरजस्ता कारणले आफूहरू वर्षौंदेखि रोग सहेर बस्न बाध्य भएको बाजुराका लागि केही राहत हुने भएकाे छ ।

रोग लागेपछि समयमै अस्पताल जानुको सट्टा परम्परागत चलन अनुसार धामी झाँक्रीकहाँ गएर रोग निको पार्ने प्रयासमा लाग्दा आफ्नो आमा गुमाउनु परेको अवस्थामा जिल्लामै उपचार गर्दा बाजुराका महिलाहरुका लागि राहत पुग्ने देखिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार