• होमपेज
  • समाचार
  • ८५२ जना संक्रमित थपिए

८५२ जना संक्रमित थपिए

  • बुधबार, भदौ १, २०७९
८५२ जना संक्रमित थपिए

काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३८३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा ३२ जना संक्रमणमुक्त भएका छन्। हाल ५ हजार ४६२ जना सक्रिय संक्रमित छन्। आज काठमाडौं उपत्यकामा ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ललितपुरमा ५५ जना, भक्तपुरमा ६३ र काठमाडौंमा २६१ जना छन्।

चर्चामा

सम्बन्धित समाचार