शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • कानून विपरित चलाईएका सावारी साधनलाई कार्वाही

कानून विपरित चलाईएका सावारी साधनलाई कार्वाही

  • बुधबार, भदौ १, २०७९
कानून विपरित चलाईएका सावारी साधनलाई कार्वाही

बाजुरा — बाजुराको सदरमुकाममा कानून विपरित चलाईएका सावारी साधनलाई कार्वाही गरिएको छ ।

रातोमा सेतो अक्षर अंकको नम्बर प्लेट समाबेश गरिएका तिन वटा सवारी साधन निजी प्रयोजनका लागि कानून बिपरीत सार्वजनिक सवारी साधनको रुपमा प्रयोग गरी सार्वजनिक रुपमा नै यात्रुहरुलाई ओसारपसार गरिरहेकोले सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कानुन विपरित सवारी साधन चलाई रहेकाले निजहरुलाई कानून बमोजिम कार्वाही गरिपाँउ भनि स्थानीयहरुबाट जनगुनासो प्राप्त भए पश्चात उल्लेखित बा. ६ च. ६८९० नम्बर, ग. ३ च. ७६०१ र बा. १६ च. २९५९ नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को परिच्छेद २ को दफा ६ र ८ को बर्खिलाप गरी कानुन बिपरित कार्य गरेकोले उल्लेखित सवारी साधनहरुलाई सोही ऐन बमोजिम कारवाही गरीएको हो ।

चर्चामा

सम्बन्धित समाचार